छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, रामेछाप र मकवानपुरमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका–१४ कलंकी खसी बजारमा प्र.३–०१–००५ ख ९३०० नम्बरको बसले प्र.३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा स्कुटर चालक ३५ वर्षीय राम बहादुर आचार्य र स्कुटरमा सवार ललितपुर इमाडोल बस्ने ५२  वर्षीय यादव कुँवर रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । 

रामेछापको लिखुतामाकोशी गाउँपालिका–१ बसेरीमा ना.६ त ७२८४ नम्बरको ट्याक्टर मंगलबार साँझ सडकबाट करिब ५५ मिटर तल खस्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५४ वर्षीय उद्धव राज पौडेलको मृत्यु भएको छ ।  

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार  अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेट नजिक सडकमा ना.३ च ११९३ नम्बरको गाडीले ना.३४ प ६०४४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १२:७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया