नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले विधि र नियमअनुसार न्यायालयको विवाद छिटो समाधान गर्नुपर्ने बताएका छन् ।
बुधबार नेता सिंहले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्मत तरिकाले नै समाधान गर्नुपर्ने र एक-दुई जना व्यक्तिका कारण न्यायालयलाई नै विकृत बनाउन नहुने बताए ।
उनले भने, ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायपालिकामा भइरहेको विवादको मुखदर्शक हुनुहुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ ।’
वर्तमान स्थितिमा ‘अर्लीइलेक्सन’को सम्भावना नभएको पनि बताए । उनका अनुसार समयमा नै संघीय र स्थानीय तहको निर्वाचन हुने छ ।
आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने पूर्वमहामन्त्रीसमेत रहेका सिंहले दोहोर्याएका छन् । पार्टीको वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।