युएईमा अन्तर्राष्ट्रिय कम्पनीका कर्मचारीलाई पाँच वर्षको भिसा

युनाइटेड अरब इमिरेट्स (युएई)ले आफ्नो देशभित्र रहेका अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत कर्मचारीलाई अबदेखि पाँच वर्षको भिसा दिने भएको छ । 

युएईको राजकुमार शेख हमदान बिन मोहम्मदले ट्वीटर मार्फत यो जानकारी दिएका हुन् । 

‘हाम्रो उदेश्य अन्तर्राष्ट्रिय कम्पनीलाई सुविधा दिनु हो र उनीहरुको टीमलाई वर्षभरि सम्मेलन, बैठक र प्रदर्शनीमा दुबई आउन जान सहज बनाउनु हो,’ शेखले मंगलबार ट्वीटर मार्फत भनेका छन् । 

युएईले पछिल्ला वर्षहरुमा भिसा अवधि फेरबदल गरिरहेको छ । सन् २०१९ मा युएईले १० वर्षीय गोल्डेन भिसा र यस वर्ष पाँच वर्षको टुरिष्ट भिसाको सुरुवात गरेको छ ।
यस्तै, युएईमा १४ लाख अमेरिकी डलर लगानी गर्ने जो कोहीलाई पनि पाँच वर्षको आवासीय भिसाको व्यबस्था युएईले गरेको छ ।   





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १२:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया