एसियन लाइफले सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने

एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफा तथा सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दुई प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश नियामक बीमा समिति र आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् । यस कम्पनीले मंगलबार नै चालु आर्थिक वर्षको वित्तीय विवरणसमेत सार्वजनिक गरेको छ । 

कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी दुई अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १३:३०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया