विराटनगरमा खुल्यो रेडमड कफीको १०औँ आउटलेट

पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरू खुल्ने क्रम बढ्दो छ । यससँगै कफी पारखीमाझ छुट्टै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १०औँ आउटलेट विस्तार गरेको छ । विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो । 

सन् २०१२ बाट थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखि सुदूरपश्चिमको धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो सेवा विस्तार गर्न सफल भएको हो । अहिले काठमाडौंको नयाँ बानेश्वर, दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल, थापाथलीमा रेडमड कफी सञ्चालनमा आइरहेको छ । 

यससँगै रेडमड कफीले अब चाँडै नै अन्य ठाउँमा पनि आउट-लेट खोल्ने तयारीमा रहेको सञ्चालक प्रवेश हुमागाईँले बताए । साथै रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि उनले बताए । 

विशेषगरि कफी पारखीका लागि शान्त वातावरणमा साथीभाइसँग जमघट अथवा कुनै पनि अफिसियल मिटिङका लागि उचित स्थान भएकोले पनि रेडमड कफी युवा पुस्तामाझ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ ।

 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १३:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया