सर्वोच्च अदालतमा इजलास तोक्ने र इजलासमा मुद्दाको पेसी तोक्ने काम प्रधानन्यायाधीशबाट हुन्छ । सोहीअनुसार आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विरोध र अवरोधबीच इजलास र मुद्दाहरूको पेसी तोके ।
तर, जबराले भुल गरे । उनको भुल हो, – न्यायाधीश हरिकृष्ण कार्कीको इजलास तोक्नु । जुन एकल इजलासमा उत्प्रेषण माग भएको चारवटा मुद्दाको पेशी तोकिएको छ ।
जबकि, न्यायाधीश कार्की भने बिदामा छन् । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले भुलवस कार्कीको एकल इजलास तोकिएको स्पष्ट पारेका छन् ।
इजलासमा पेसी तोकिएका मुद्दाहरूको सुनुवाइ नहुने पनि ढकालले सूचना जारी गरेर भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।