घुइँचोमा मिसिइन् एलिजा गौतम

अभिनेत्री तथा मोडन एलिजा गौतम चलचित्र ‘घुइँचो’मा अनुबन्धित भएकी छिन् । रामजी दैलेखीले निर्माण गर्ने चलचित्र ‘घुइँचो’मा मंगलबार एलिजाले कागजी सम्झौता गरेकी छिन् । निर्माता दैलेखी र अभिनेत्री गौतमले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

चलचित्र ‘घुइँचो’ले नेपालको दुर्गम गाउँबाट अमेरिकासम्मको यात्रा गरेको एक युवाको संघर्ष भन्ने छ । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रमा काम गर्ने अन्य कलाकारको खोजी भइरहेको निर्माता दैलेखीले बताएका छन् ।

चलचित्रमा काम गर्ने औपचारिक सम्झौता गरेपछि अभिनेत्री गौतमले आफूले लामो समयदेखि प्रतीक्षा गरेको चलचित्र पाएको उल्लेख गरिन् । उनले भनिन्, ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतीक्षा गरिरहेको थिएँ । घुइँचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १६:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया