देशभर थपिए ४१२ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ नमुनाको पीसीआर तथा १ हजार ८८७ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८३ पुगेको छ। बुधबार २०२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ७ हजार ६३६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १६:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया