बढी कर तिर्ने कम्पनीमा सूर्य नेपाल, व्यक्तिगततर्फ शाह

सूर्य नेपाल सबैभन्दा बढी कर बुझाउने कम्पनीमा यो वर्ष पनि शीर्ष स्थानमा छ ।  दशौं कर दिवसको असर पारेर आन्तरिक राजश्व विभागले बढी कर बुझाउनेको सूची सार्वजनिक गर्दै सम्मान गरेको छ । जसमा आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर बुझाउने कम्पनीको पहिलो स्थानमा सूर्य नेपाल परेको हो । 

अघिल्ला वर्षहरूमा पनि सूर्य नेपालले कर तिर्नेमा शीर्ष स्थानमा राखिरहेको थियो । सूर्य नेपालले यस अवधिमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क करलगायत हरेक शीर्षकमा उच्च कर तिरेको हो ।

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा विजयकुमार शाह परेका छन् । शाहका जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरीलगायतका कम्पनी रहेका छन् । ती कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गर्ने गर्छन् ।

बैंक तथा वित्तीय संस्थाहरूमा धेरै कर तिर्ने नबिल बैंक परेको छ । बीमा कम्पनीमध्येको सबैभन्दा बढी कर तिर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी परेको छ भने पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल छ । यस्तै सहकारी तथा लघुवित्त कम्पनीमध्येको सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीमध्येको छिमेक लघुवित्त वित्तीय संस्था रहेको छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १७:३०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया