महाधिवेशन आउन २६ दिन बाँकी छँदा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।
बुधबार संखुवासभाको तुम्लिङटार पुगेर कोइरालाले चाँडै सभापति पदमा उम्मेदवारी घोषणा गर्ने बताए ।
उनले भनेका छन्, ‘म सभापति पदको बलियो उम्मेदवार हुँ । औपचारिक रुपमा चाँडै उम्मेदवारी घोषणा गर्छु ।’
पाँचदलीय गठबन्धन आगामी निर्वाचनअघिसम्म रहने उनको भनाइ छ । गठबन्धनका अन्य घटकका नेताहरूले निर्वाचनमा पनि गठबन्धन हुने बताइरहेका बेला महामन्त्री कोइराला भने निर्वाचनअघिसम्म मात्रै रहने बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।