शर्माको दृष्टिमा ‘दल रूपान्तरण’

महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको ‘राजनीतिमा परिवर्तन’ चिन्तनसहितको अवधारणापछि ‘दल रूपान्तरण’ सम्बन्धी अवधारणा सार्वजनिक भएको छ । 
दलभित्र रूपान्तरण भए देश रूपान्तरण हुने उनको निष्कर्ष छ । 

उनका अनुसार दल रूपान्तरण गर्न दल र दलका भ्रातृ र शुभेच्छुक संस्थाहरूको घरेलु जीवनको परिमार्जित व्यवस्थापन, दलभित्र योगदान र योग्यताको उचित सन्तुलनलगायत नौ बुँदामा दलको आन्तरिक रूपान्तरण आवश्यक छ । 

दलले लिने नीति र हिँड्ने बाटोमा अग्रगमनको निश्चिततासँगै सरकारको सेवा प्रवाह क्षमतामा बढोत्तरी हुनुपर्ने विचार पनि उनले अघि सारेका छन् ।

वर्तमान राजनीतिक व्यवस्था ठीक भएको तर अनेक अव्यवस्थाहरू रहेकाले अन्त्यका लागि साझा सोच र संगठित पहल हुनुपर्नेमा उनले जोड दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १७:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया