यतीको दसैँ-तिहार अफरको स्कुटर जिते जीतबहादुर खत्रीले

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दसैँ-तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् ।

यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दसैँ-तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । उनले पोखरा – काठमाडौंको उडान गरेका थिए । यतीले आज यहाँ फेसबुक लाइभमार्फत् आयोजना गरेको लक्की ड्र कार्यक्रमबाट खत्री लाई विजेता घोषणा गरिएको हो ।

विजेता बनेसँगै उनले रु दुई लाख ६७ हजार ९०० मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् ।

यसअघि सो अवधिमा यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरू मध्येबाट ३ जना भाग्यशाली विजेता छानिने घोषणा गरेअनुसार आज ३ जना विजेता घोषणा गरिएको हो ।

यती धमाकेदार दसैँ-तिहार अफरको दोस्रो भाग्यशाली विजेता धुब्रराज भट्टराई बनेका छन् । भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागि काठमाडौं–दुबई–काठमाडौंको दुईतर्फी फ्रि टिकेट प्राप्त गरेका छन् । यस्तै, तेस्रो भाग्यशाली विजेता सरुप्य सत्याल बनेका छन् । तेस्रो विजेता बनेका सत्यालले हिराको टप प्राप्त गरेका छन् ।

यतीको धमाकेदार दसैँ-तिहार अफरको प्रथम पुरस्कारलाई यामाहा कम्पनी, दोस्रोलाई सस्तो टिकट अनलाइन र तेस्रोलाई श्री बालाजी डाइमण्डले प्रायोजन गरेको थियो ।



यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दसैँ-तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एअरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । विगतका वर्षहरूमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको यती एअरलाइन्सले आगामी दिनमा पनि यात्रु लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले बताए ।



  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १९:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया