क्यानडा भ्यानकुभरमा सय वर्ष यताकै ठूलो तूफान, रेल मार्ग, सडकमा ठूलो क्षति

क्यानडाको भ्यानकुभरमा आएको तुफानका कारण त्यहाँको रेल मार्ग तथा सडकमा ठूलो क्षति पुगेको छ । अधिकारीहरुका अनुसार यो सयौँ वर्षमा एकपटक आउने तुफान हो ।

बाढको पानीले बाटो क्षतिग्रस्त बनाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा समाचार आएका छन् । यसका कारण हजारौँ मानिसहरु विस्थापित भएका छन् ।

तूफानका कारण सोमबार क्यानडामा ठूलो क्षति पुगेको छ । राहत तथा उद्धार सुरु गरिएको छ । विभिन्न ठाउँमा आएको भूस्खलनका पनि धेरै क्षति भएको बताइएको छ । यो घटनामा कम्तिमा एक जना महिलाको मृत्यु भएको बताइएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार तूफान र बाढीमा कति गाडी बेपत्ता भएका छन् भन्ने अहिले नै अनुमान गर्न सकिएको छैन ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार २१:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया