पायल्स छ ? मूलाकाे पात नै हुनसक्छ समाधान

एजेन्सी– मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ । यसको पातको खासै प्रयोग गरिदैँन् तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व पाइन्छ ।

मूलाको पातमा भिटामिन ए, बी र सी पाइनुका साथै क्लोरिन, फस्फोरसस, सोडियम, आइरन, म्याग्नेसियम तथा अन्य थुप्रै पोषक तत्वहरु पाइन्छन् । जुन पेटका लागि फाइदाजनक हुन्छ ।

मूलाको पातको प्रयोग रोटी बनाउनमा गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ र थकान महसुस हुँदैन ।

पाइल्सजस्ता रोगका लागि मूलाको साग खानु अति उपयोगी मानिन्छ । सधैं यसको साग खानाले यस्तो समस्या समाधान हुनसक्छ ।

यसमा सोडियम पनि हुन्छ र यसले शरीरमा नुनको कमी हुन दिँदैन जसले गर्दा रक्तचापका बिरामीलाई धेरै उपयोगी हुन्छ ।

यसमा फाइबर धेरै हुन्छ त्यसैले कब्जियतबाट जोगाउँछ । यसको रसलाई पानी र मिश्रीमा मिसाएर पिउनाले जण्डिसबाट जोगाउँछ । यत्ति मात्र नभई यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ ।
 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ६:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया