महिलामा यी कारणले हुन सक्छ स्तन क्यान्सर

स्तन क्यान्सर सबैभन्दा बढी महिलामा हुने समस्या हो । महिलामा हुने क्यान्सरमध्ये एक तिहाई क्यान्सर स्तनसँग जोडिएको हुन्छ । 

पुरुषमा पनि स्तन क्यान्सर हुन्छ तर यसको सम्भावना महिलाको तुलनामा १५० गुणा कम हुन्छ । 

पुरुषको स्तनमा पनि कुनै गाँठो वा दुखाई भयो भने क्यान्सर हुन सक्ने आशंका गर्न सकिन्छ । थोरै पुरुषमा मात्र स्तन क्यान्सरको समस्या देखिने भएपनि यसलाई महिलाको जत्तिकै गम्भीर रुपमा लिन जरुरी छ । 

महिलाको जीवनमा तीन चरण निकै महत्वपूर्ण हुन्छ ः 

१) पहिलो पटक महिनावारी सुरु भएको मिति 
महिनावारी सानै उमेरमा सुरु भएका महिलालाई स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ । 

२) महिनावारी रोकिएको समयः 
यदि महिनावारी छिटै बन्द भयो भने पनि ती महिलामा पनि स्तन क्यान्सर हुन सक्छ । 



३) पहिलो पटक गर्भवती भएको उमेर 
१८ वर्षभन्दा कम उमेरमा गर्भवती हुने महिलामा पनि स्तन क्यान्सर हुने जोखिम रहन्छ । विशेषगरी १८ देखि २० वर्षको बीचमा गर्भवती हुँदा स्तन क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । 

महिलामा स्तन क्यान्सर हुने एउटा प्रमुख कारण महिनावारी हो । महिनावारी एस्ट्रोजन, प्रोजेस्ट्रोन आदि हर्मोनका कारण हुन्छ । स्तन क्यान्सर एक हर्मोनमा आधारित क्यान्सरको रुपमा लिइन्छ । यसकारण महिनावारीले स्तन क्यान्सरमा निकै प्रभाव पार्छ । 



धेरै क्यालोरी र घिउ तेल खाने, नियमित अल्कोहल सेवन गर्ने र महिनावारी बन्द भएपछि नियमित रुपमा हर्मोन रिप्लेसमेन्ट थेरापी महिलामा पनि स्तन क्यान्सर हुने सम्भावना निकै हुन्छ । 

केही अध्ययनले गर्भ निरोधक चक्की पनि क्यान्सरको कारक हुन सक्ने देखाएको छ । हर्मोन रिप्लेसमेन्ट थेरापीको विषयमा पनि अध्ययनकर्ता र चिकित्सकहरुले यस्तै चिन्ता व्यक्त गरेका छन् । 

चिकित्सकहरु स्तन क्यान्सर सुरुवातमै पहिचान गर्न सम्भव भएको बताउँछन् र यो अत्यन्त जरुरी पनि छ । समयमै यसको पहिचान गर्न सके यसबाट पूर्ण रुपमा उपचार गर्न सकिन्छ । 

क्यान्सर सुरु भएको पत्ता लगाउन महिलाहरुले आफ्नो स्तन वरपर साना–साना गाँठा छन् कि छैनन् चेक गरिरहनुपर्छ । स्तनको निप्पल केही फरक देखिएको छ वा छालामा केही समस्या आएको छ भने तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ । 

मेनोपज हुनुभन्दा अगाडि यस्तो गाँठाहरु फाइब्रोसिस्टिक डिजिजका कारण पनि हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकले के गर्ने भनेर सल्लाह दिन सक्छन् । 

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ५:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया