पत्रकारको यात्रा सहज गर्न अमेरिका र चीनबीच भयाे सहमति

एक अर्को देशका पत्रकारहरूको यात्रा सहज बनाउन अमेरिका र चीन सहमत भएका छन् । 

चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्टपति जो बाइडेनबीच भएको भर्चुअल संवादपछि दुबै देश एक अर्को देशमा जाने पत्रकारको यात्रा सहज बनाउन सहमत भएका हुन् । 

सहमतिसँगै दुबै देशका सञ्चारकर्मी निर्वाध आवतजावत गर्न पाउने भएका छन् । 

पत्रकारको यात्रा सहज बनाउन दुबै देशले एक वर्षदेखि वार्ता प्रयास गरेका थिए । दुबै देशका सरकारहरूले पत्रकारको भिसा अवधि तीन महिनादेखि एक वर्षसम्म बढाउन सहमत भएका छन्। 
 
दुबै देशले सञ्चारकर्मीलाई एक अर्को देशमा जान र फर्किन अनुमति दिने प्रतिबद्धता पनि जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयले पछिल्लो सहमतिलाई स्वागत गर्दै त्यसलाई सम्बन्ध सुधारको प्रारम्भिक कदम भनेको छ । 

अमेरिकी र अन्य सञ्चार माध्यमहरूका लागि निरन्तर काम गर्ने बताउँदै मन्त्रालयले पहुँच विस्तारका लागि निरन्तर काम गर्ने जनाएको छ । 

गत फेब्रुअरीमा अमेरिकाले चीनका सरकारी सञ्चारमाध्यमहरूलाई अमेरिकाले ‘विदेशी मिसन’ को रूपमा व्याख्या गर्ने निर्णय गरेको थियो । अमेरिकाले सिन्ह्वा समाचार संस्था र चाइना ग्लोबल टेलिभिजनलगायत पाँच सञ्चार माध्यमहरूलाई कुनै सामग्री किन्नुअगाडि अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । अमेरिकी कदमको चीनले बिरोध गरेको थियो ।



त्यसको एक महिनापछि चीनले न्युयोर्क टाइम्स, वासिंंगटन पोस्ट, वाल स्ट्रिट जर्नललगायका मुख्य सञ्चारमाध्यमहरूका  १३ पत्रकारलाई देश निकाला गरेको थियो । निष्कासन गरिएका पत्रकारलाई पुनः अवसर दिने वा नदिने भन्ने बारेमा केही खुलाइएको छैन ।



  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ७:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया