चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको छ । चीनको सैन्य विकास सम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटालाइट तस्वीरमा चीनले भारत र भुटानको सीमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको हो ।
सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमनेसामने भएको क्षेत्र दोक्लाम नजिक पर्छ ।
भुटानी भूमिमा नयाँ बस्ती निर्माणले भारत चिन्तित बनेको भन्दै उसले वर्षाैदेखि आफ्नो परराष्ट्र सम्बन्ध नीति समीक्षा गर्न दिएको सुझाव गम्भीरतापूर्वक नलिएको आरोप भारतीय सञ्चार माध्यमहरुले लगाएका छन् । भारतले भुटानी सेनालाई बारम्बार तालिम दिँदै आएको छ ।
ती गाउँ सन् २०२० को मेदेखि सन् २०२१ को नोभम्बरसम्म निर्माण गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । –एजेन्सी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।