नेपाली कांग्रेस चितवन सभापतिमा राजेश्वर खनालले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार भरतपुरमा एक ‘पत्रकार भेटघाट’ गर्दै उनले सभापतिमा आफ्नो उम्मेदावरी घोषणा गरेका हुन् ।
चितवनमा पार्टीलाई थप व्यवस्थित बनाउँदै लैजाने र चितवनका निर्वाचन क्षेत्रमा पार्टीलाई नै विजयी गराउन आफूले उम्मेदवारी दिएको उनले बताएका छन् ।
यसअघिको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसले मेयरमा माओवादी केन्द्रकी रेणु दाहाललाई समर्थन गरेको विषयमा पछिल्लो समय चितवनमा व्यापक गुनासो सुन्न थालिएको छ । खनालले यसको अन्त्य गर्ने पनि सभापति घोषणा कार्यक्रममा बताएका छन् ।
उनले नेपाली कांग्रेसलाई आफूले रुख चिन्हमा मात्रै भोट हाले पुग्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यही कार्यक्रममा खनालले आफूले केन्द्रमा हावी भएको रामचन्द्र पौडेल र शेरबहादुर देउवा गुटको नभइ जिल्लाको आवश्यकता अनुसार सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् । उनले आफू सभापति भएपछि सबै ध्यान पार्टीमा केन्द्रित गर्ने पनि बताएका छन् ।
खनाल १३ औं महाधिवेशनमा कांग्रेस महासमिति सदस्य बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।