महिला लघुवित्तको खुद नाफा ४४.२१ प्रतिशत बढ्यो

महिला लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा लघुवित्तको खुद नाफा ४४.२१ प्रतिशतले बढेर दुई करोड ८६ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६०.७३ प्रतिशतले बढेर ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड सात लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २२.१८ प्रतिशतले बढेर एक करोड ९३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक करोड ५८ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ११:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया