कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्यो, सर्वोच्च अगाडि तनाव

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ । 

आज सर्वोच्चको गेटमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो । घटनामा केही कानुन व्यवसायीहरुमाथि हातपात भएको पनि बताइएको छ ।

यसअघि सर्वोच्चमा प्रदर्शन र धर्नामा उत्रिएका कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न प्रधानमन्त्री देउवाको निर्देशनमा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई गृहमन्त्री बालकृष्ण खाँणले फिर्ता नै बोलाएका थिए ।

बुधबार सर्वोच्च अगाडि प्रहरी संयमित भएको थियो । तर, आजको धर्नामा प्रहरीले बल प्रयोग गरेको हो । 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ११:१९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया