अमेरिकामा ओभरडोज औषधि सेवनका कारण एक वर्षमा १ लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।
गत वर्षको अप्रिलदेखि सन् २०२१ को अप्रिलको अन्त्यसम्ममा ओभरडोज औषधि सेवनबाट यति धेरै मानिसहरूको मृत्यु भएको हो । यो संख्या अघिल्लो वर्षको तुलनामा २८.५ प्रतिशतले बढी हो ।
‘हामीले कोभिड महामारी नियन्त्रणका लागि धेरै प्रयास गरे पनि ओभरडोज औषधिका कारण भइरहेको मृत्युलाई बेवास्ता गरेका छौं’, राष्ट्रपति जो बाइडेनले भने ।
कतिपय फार्मेसीले चिकित्सकले दिएको प्रेसक्रिप्सनबिना नै औषधि बिक्री गर्दा त्यसको दुरुपयोग भएको विज्ञहरुले बताउँदै आएका छन् ।
एक वर्षको अवधिमा कोभिड-१९ बाट अमेरिकामा ५ लाख ८ हजार जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।