बारको धर्नामा प्रहरीले बल प्रयाेग गर्दा वकिलहरू घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले बल प्रयोग गरेको छ । 

सर्वाेच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका छन् । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा माग्दै बार केही सातादेखि आन्दोलनमा छ भने सर्वाेच्चकै न्यायाधीशले इजलास बहिष्कार गर्दै आएका छन् । 

प्रधानन्यायाधीश जबराले संवादबाट समाधान खोज्न गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै आएका छन् ।  
 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ११:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया