अदालतको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ : माधव नेपाल
‘एमालेमा गैरकम्युनिस्ट मात्र छन्’

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या दलहरूबीचमा साझा धारणा बनाएर प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताएका छन् ।

बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।  ‘साझा धारण बनाएर प्रधानमन्त्रीको हैसियतले अदालतको समाधान गर्नुपर्छ,’ नेपालले भने ।

बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकोले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्ने उनले बताए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । 

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको दाबी समेत गरे । यसअघि पार्टी उद्घाटन कार्यक्रममा नेपालले एमाले गैरकम्युनिस्टहरूको पार्टी भएको आरोप लगाएका थिए ।

‘कम्युनिस्ट आचरण र सिद्धान्त मान्ने मान्छेहरू हाम्रो पार्टीमा छन्’, नेपालले भने,  ‘एमाले भन्ने पार्टीमा कम्युनिस्ट आचरण भएका मान्छे छैनन् । त्यहाँ गैरकम्युनिस्टहरू मात्रै छन् ।’ 

उनले नेकपा एमालेबाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको दाबी गरे । नेपाल एकीकृत समाजवादी पार्टीले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन् । 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया