यस्तो देखियो ‘पासो’मा रिस्ताको लुक्स

नेपाली कथानक चलचित्र ‘पासो’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । अभिनेत्री रिस्ता बस्नेतले शीर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘पासो’ को फर्स्ट लुक्स सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ । चलचित्र आगामी चैत्र १८ गते रिलिज हुने छ ।

यो चलचित्रले मिल्ने दुई साथी एक आपराधिक गिरोहले एक उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि पासोमा पारेको कथा भन्ने बताइएको छ ।

आपराधिक गिरोहको फन्दामा परेका दुई साथीले बाँच्नका लागि गरेको संघर्षको वरिपरी चलचित्रको कथा घुम्ने निर्देशक आरबी पुनले बताए ।

चलचित्र ‘पासो’ मा कथा, पटकथा तथा संवाद निर्देशन पुनकै रहेको छ । भगवान भुजेलले निर्माण गरेको चलचित्रमा रिस्ताका साथमा सुनिरा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया