सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो ।
अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।
गोलाप्रथाद्वारा पेसी तोक्ने न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन लागू नगर्ने प्रधानन्यायाधीश जबराको निर्णयको विरोध गर्दै सर्वोच्चका न्यायाधीशहरू आन्दोलित भएका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनको नेतृत्व नेपाल बार एसोसिएसनले गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।