एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई बोर्डको अनुमति

गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

बैंकले जारी गर्ने सात वर्ष अवधिको गरिमा डिबेञ्चर–२०८५ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक आठ दशमलव ७५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् ।

यसमध्ये चार लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी ६ लाख कित्ता भने बैंकले स्वेच्छाले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ । 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १४:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया