भारतीय कांग्रेस महासचिव प्रियंका गान्धीलाई कविता चोरेको आरोप लागेको छ । उनले चुनावी संवादका क्रममा वाचन गरेको कवितालाई लिएर विवाद सिर्जना भएको हो ।
उनले बुधबार चित्रकुटमा मन्दाकिनी नदी किनारको रामघाटमा महिलाहरूसँग संवाद गरेकी थिइन् । यस क्रममा उनले 'उठो द्रौपदी शस्त्र संभालो' कविताको पंक्ति वाचन गरेकी थिइन् । तर, कविताका रचयिता कवि पुष्यमित्र उपाध्यायले आपत्ति जनाएका छन् । पुष्यमित्रले प्रियंकालाई कविता चोरीको आरोप लगाएका हुन् ।
प्रियंकाले वाचन गरेको कविताको भिडियोलाई कांग्रेस प्रदेश अध्यक्ष अजयकुमार लल्लूले ट्विटरमा शेयर गरेका थिए । पुष्यमित्रले उक्त पोस्टलाई रिट्विट गर्दै लेखेका छन्, ‘प्रियंकाजी यो कविता मैले देशका महिलाहरूका लागि लेखेको थिएँ न कि तपाईंको घृणित राजनीतिका लागि । न मैले तपाईंको विचारधारालाई समर्थन गर्छु न तपाईंले अनुमति दिएको थिएँ कि मेरो साहित्यिक सम्पत्तिलाई राजनीतिक उपयोग गर्नु भनेर । कविता चोरी गर्नेबाट देशले के आशा गर्न सक्छ ?'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।