प्रदेश १ : बजेट पुनरावलोकनको तयारी, राम्रा योजनाले निरन्तरता पाउने

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शेरधन राई नेतृत्वको सरकारले सुरु गरेका परिणाममुखी योजनालाई निरन्तरता दिने बताएका छन् । राई नेतृत्वको सरकारमा पनि आर्थिक मामिलामन्त्री रहेका आङ्बोले अघिल्लो सरकारले थालेका राम्रा कामले निरन्तरता पाउने बताएका हुन्  ।

उनले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने भन्दै यसको तयारी भइरहेको बताए । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्ने बताए ।

'प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लगिन्छ,' उनले भने ।

पछिल्ला राजनीतिक घटनाक्रमका कारण प्रदेश सरकारका अधिकांश योजना तथा कार्यक्रमहरू प्रभावित भएको उनले बताए । उनले भौतिक पूर्वाधार र पर्यटकीय क्षेत्र प्रवर्द्धनसम्बन्धी आयोजनाहरूलाई यसै वर्ष परिणाम दिने गरि कार्यान्वयनमा लैजाने तयारी रहेको जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १८:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया