ए डिभिजन लिग : उपाधि जित्ने चार टिमको दाबी, के भन्छन् कप्तान र प्रशिक्षक ?

नेपालको शीर्ष डिभिजन लिग भोलि (शुक्रबार) बाट सुरू हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लबको सहभागिता रहनेछ । दशरथ रंगशालामा बेलुकी पौने ५ बजे हुने उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् । 

एन्फाले प्रतियोगिताको पूर्वसन्ध्यामा गरेको पत्रकार सम्मेलनमा १३  क्लबका मात्र कप्तान र प्रशिक्षकको उपस्थिति थियो । जसमा चार क्लबले उपाधिमा दाबी गर्दा अन्य क्लबले भने शीर्ष ६ मा रहने योजना भएको बताएका छन् । यसपटक उपाधि दाबेदारी साविक विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले दाबी गरेका छन् । 

के के भन्छन् सहभागी क्लबका कप्तान र प्रशिक्षक

, फ्रेण्ड्स क्लब 

प्रशिक्षक – मृगेन्द्र प्रसाद मिश्र

४० दिनको अभ्यास गरेका छौं । ए डिभिजन लिगमा बच्ने  र रेलिगेसन जोनबाट जोगिने लक्ष्य छ । टोलीको योजना पहिले रेलिगेसनबाट जोगिने अनि बाँकी खेल हेरेर ६–७ पोसिजनसम्म रहन्छौं । 



पहिलो खेलको बारे –फुटबलमा जो विपक्षी पनि बलियो हुन्छ । नयाँ क्लब हो । नयाँ जोस जाँगर हुन्छ । भोलिको खेल गाह्रो नै होला ।

कप्तान, फ्रेण्ड्स – सुरज विक



कप्तानलाई केही दबाब हुन्छ । सम्हाल्ने जिम्मेवारी हुन्छ, त्यसले दबाब लिएर मैदानमा उत्रिनुपर्ने हुन्छ । औसत टोली छ । भोलिको खेलमा सातदोबाटोलाई हामीले कम आँकेका छैनौँ । तीन अंक हासिल गर्ने योजना बनाएका छौं । 

, जावलाखेल युथ क्लब 

प्रशिक्षक– किशोरकुमार केसी

चौथो हुने लक्ष्य छ । योभन्दा माथि जाने योजना छैन । भारतीयसहित विदेशी खेलाडी छन् । 

कप्तान – कुलदिप कार्की

तयारी राम्रो छ । मानसिक र शारीरिक रूपमा पनि तयार छौं । मनाङसँग खेल्ने भन्ने बित्तिकै डर छैन । पहिलो नभए पनि हामीले खेल्नै पर्थो । मनाङविरुद्ध हामी नर्भस र उत्साहित पनि छैनौं ।

, नेपाल पुलिस क्लब

प्रशिक्षक- अनन्त थापा

हामी जहिल्यै तयार छौं । तीन चार महिनादेखि तयारी गरेकाले जितको अपेक्षा छ । युवा टोली छ । नयाँ अनुहार छन् । ‘सरप्राइज’ नतिजा निकाल्ने योजनामा छौं । रिजल्टका लागि खेल्छौं । खेलाडीहरूबीच पनि राम्रो तालमेल रहेको छ । विभागमा विदेशी खेलाडी नहुनु र निरन्तर तालिम हुनु ‘ब्यालेन्स’ हुन्छ जस्तो छ । सबै टोली २०–१९ नै छ । मच्छिन्द्र केही बलियो होकी जस्तो लागेको छ ।

कप्तानराम वाजी

टोलीले तयारी कोभिडको दोस्रो लहर पछि गरेको हो । राम्रो भएको छ । पहिलो पटक कप्तानी गर्दै छु । जिम्मेवारी बढेको छ ।

, त्रिभुवन आर्मी फुटबल क्लब 

सहायक प्रशिक्षक– राजु तामाङ

तयारी एकदमै राम्रो छ । लिग उपाधि जित्ने योजना बनाएका छौं । आक्रामकमा ‘फ्रन्ट लाइन’मा समस्या भएको छ । तर, नवयुगजत्तिकै क्षमता भएका अरू खेलाडी पनि छन् । 

कप्तान– भरत खवास 

तयारी राम्रो छ । परिवारमा एक सदस्य नहुँदा अप्ठेरो हुन्छ । तर, उसलाई ‘रिप्लेस’ गर्न उत्तिकै क्षमता भएका खेलाडी छन् । उनीहरूलाई मौका हुन सक्छ । ‘अल्टिमेट टार्गेट’ भनेको च्याम्पियन हुनु हो । तर, कमजोरी हुँदै आएको छ । यसपालl पनि राम्रो टोली बनेको छ । सफल हुने आशा गरेका छौं । सहभागी सबै टोली राम्रो जस्तो लाग्छ ।

, न्युरोड टिम एनआरटी

प्रशिक्षक– राजुकाजी शाक्य

तयारी राम्रो छ । हामीलाई तयारी गर्न मैदानको समस्या भयो । अरू राम्रो छ । केही खेल खेल्यौं । धेरै खेलाडी ‘ट्रायल’ मा लिएर आयौं । तयारीको समय कम भयो । सक्दो उत्कृष्ट दिनेछौं । एनएसएलको कारणले विदेशी खेलाडी राम्रो छ । हामीले उनीहरूलाई समर्थन गर्न सक्यौं र तालमेल मिल्यो भने राम्रो हुन्छ । सके उपाधि जित्ने, नसके शीर्ष चारमा रहने योजना छ । 

कप्तान –अजित प्रजापति

पहिलेभन्दा टोली राम्रो बन्दैछ । युवा खेलाडीहरू छन् । राम्रो छ । विदेशी खेलाडी बलियो छन् । सबैभन्दा राम्रो मच्छिन्द्र जस्तो छ । हामीले गत वर्ष पनि फाइट दिएका थियौं । यो वर्ष पनि दिनेछौं ।

, एपीएफ फुटबल क्लब 

प्रशिक्षक – कुमार थापा 

टोलीमा परिवर्तन केही पनि छैन । हामीले रिजल्ट परिवर्तन गर्ने योजनामा छौं । १२औंबाट आठमा पर्ने योजना छ । दुई खेलाडीले डेब्यू गर्नेछन् । फर्मेसन र रिजल्टमा परिवर्तन गर्नेछौं । 

कप्तान– टोप विष्ट

समग्रमा तयारी राम्रो छ । तीन महिनाको अभ्यास गरेका छौं । धेरैमाथिको अपेक्षा छैन । चौथोदेखि आठौं स्थानमा फिनिस गर्ने योजना छ ।


, सातदोबाटो युथ क्लब 

प्रशिक्षक– मेघराज केसी

पहिलो पटक ए डिभिजन खेल्दै छौँ । ज्ञान छैन, अनुभव छैन । तर, हामी खेलाडी, प्रशिक्षकलाई ज्ञान छ । हामीले अरू क्लबले जसरी लिगलाई हेर्दा गाह्रो हुन्छ भनेर क्लबसँग कुरा भएको छ । चार महिनाको तयारी गर्‍याैँ । प्रि–सिजन राम्रोसँग प्रयोग गर्‍याैँ  । सानो क्लब होइन, नयाँ क्लब हो । पहिलो पटक खेलिरहेको भान हुनेछैन । ए लिग खेल्न पाउनु नै ठूलो कुरा हो । उद्घाटन खेल पाउनु र खेलाडीले पनि पहिलो खेलमा अनुभव लिन पाउँछन् ।

कप्तान–मानबहादुर तामाङ

क्लब परिवर्तनलाई च्यालेन्जको रूपमा लिएको छु । आफूले आफूलाई प्रमाणित गर्नलाई अवसरको रूपमा हेरेको छु । क्लब नयाँ भएकोले सक्दो मेरो टोलीलाई माथि पुर्‍याउन आफ्नो भूमिका निभाउनेछु । विदेशी खेलाडी पिटर, मार्टिन्सको प्रभावले युवा खेलाडीलाई मोटिभेसन भइरहेको छ ।

, मच्छिन्द्र फुटबल क्लब 

प्रशिक्षक – प्रवेश कटुवाल

डिफेन्डिङ च्याम्पियन भएर हामीलाई बलियो देखेको छ । उपाधि जोगाउन गाह्रो हुन्छ भनेर फरवार्ड लाइनमा धेरै खेलाडी राखेका छौं । प्रशिक्षकले चुनौती लिनै पर्छ । च्याम्पियन हुन स्टार खेलाडी धेरै राख्नैपर्छ । धेरै स्टारलाई ‘म्यानेज’ गर्न गाह्रो त हुन्छ नै तर हामीले गत सिजन राम्रो गर्‍याैँ ।  सबै खेलाडीले खेल्न पनि पाए । 

कप्तान– सुजल श्रेष्ठ

मैले खेलाडीको हैसियतमा तीन पटक लगातार लिग जितेँ । यसपालि पनि हामीलाई त्यही चुनौती छ । पहिलेकै जोशमा छौं । अपेक्षा गर्छाैँ यो सिजन पनि उपाधि रक्षा गर्नेर्छौं । मैले धेरै पोजिसनमा खेल्न सक्नु प्रशिक्षकलाई फाइदा हो । 

९‍. संकटा क्लब 

प्रशिक्षक– विष्णु गुरुङ

सबै टोलीले राम्रो तयारी गरेका छन् । हामीले पनि त्यसैअनुसार तयारी गरेका छौै ।  तालमेल महत्वपूर्ण हुन्छ । हामीलाई त्यो आवश्यक्ता छ । 

कप्तान –रवि सिलवाल

छोटो समयमा राम्रो तयारी भएको छ । क्लबको होस्टेल पनि भएकाले राम्रो तयारी गरेका छौं । 

१०, च्यासल युथ क्लब 

प्रशिक्षक – बालगोपाल साहुखल

युवा खेलाडी धेरै छन् । ‘इनर्जेटिक’ टोली छ । मुख्य कुरा टोली बनाउँदै छौं । खेलाडीहरूको मोरल हाइ छ । युवा खेलाडी धेरै भएकाले हामी धेरै उत्साहित छैनौं । दुई अफ्रिकन खेलाडी अनुभवी छन् । तर, विकास युवा छ, अन–प्रेडिक्टेबल छ । युवा खेलाडीलाई म्यानेज गर्न सजिलो हुन्छ । अनुभवीलाई स्ट्रेट फरवार्ड कम्युनिकेसन गर्न गाह्रो हुन्छ । सन्तोष साहुखल आउने कुरा छ निश्चित छैन ।

कप्तान – विराज महर्जन

गत सिजन मच्छिन्द्रबाट लिग जितेका थियौं । यसपालि च्यासलको एभरेज टोली छ । टप फाइट दिनेछौं । शीर्ष चारसम्म पुग्ने लक्ष्य छ ।

११, ब्रिगेड ब्वाइज क्लब 

प्रशिक्षक– सनोज श्रेष्ठ

यसपालि हामी गत संस्करणलाई सुधारेर राम्रो नतिजा ल्याउने तयारीमा छौं । उत्कृष्ट नतिजा दिने योजनमा छौं । प्राय: धेरै खेलाडी युवा छन् । नतिजा राम्रो दिने अपेक्षा गरेका छौं । 

कप्तान– अनिल गुरूङ

टोली पहिलेको भन्दा केही राम्रो छ । उमेर समूहमा खेल्ने धेरै खेलाडी हामीसँग छन् । लिगमा सिनियरभन्दा युवा धेरै छन् । 

१२, मनाङ मर्स्याङ्दी क्लब 

प्रशिक्षक – राजेन्द्र तामाङ

चाडको बेला तयारी पर्‍याे । मनाङ बलियो टोली हो ।  विदेशी स्वदेशी सबै खेलाडी अनुभवी छन् । खेलाडीलाई  गाइड गर्न सक्नुपर्छ । उपाधि जित्ने योजनमा छौं । पोखरामा खेल्दा फाइदा हुन्छ । समर्थक पनि धेरै छन् । चार्म पनि छ । तर, तयारी पनि गर्नै पर्छ । पोखरामा सतप्रतिशत समर्थन हुन्छ भनेर सोच्न सक्दैनौं ।

कप्तान – बिमल राना

कोच राजेन्द्र र तोपे फुजाको तरिका करिब करिब मिल्छ । सजिलो छ । लकले फेभर गर्नुपर्छ । अघिल्लो सिजन धेरै खेलाडीले छाडेर जाँदा पनि क्लबमा राम्रो थियो । तर, केही मिस्टेक भएका कारण उपाधि बाहिर भयौं । यसपालि हामी गल्ती सुधारेर लिग जित्ने योजनामा छौं । 

१३थ्री स्टार क्लब 

प्रशिक्षक – उर्जन श्रेष्ठ

तयारी राम्रो छ । टोलीको अपेक्षा उपाधि जित्ने छ । सबै टोली बलियो छन् । 

कप्तान – विक्रम लामा

तयारी राम्रो छ । दसैँहारले केही प्रभाव परे पनि हामी सन्तुष्ट छौं । मुख्य कुरा फिल्डमा प्रदर्शन गर्ने नै हो  । त्यसको लागि हामी तयार छौं ।

  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १८:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया