रोशन र पूजाको ‘रित्तो रित्तो’को भिडियो सार्वजनिक

द डिभाइन म्युजिकको प्रस्तुतिमा रहेको नेपाली गीत ‘रित्तो रित्तो’को भिडियो सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा संगीतकार अर्जुन पोखरेल, गायक तथा अभिनेता रोशन अधिकारी, निर्देशक विधान कार्कीलगायतको उपस्थिति थियो । 

दिग्गज धौलारीको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतमा रोशन अधिकारीको स्वर रहेको छ । पाँच महिनाअ​घि मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नायिका पूजा शर्मा र गायक अधिकारीको अभिनय छ । 

भिडियोका निर्देशक विधान कार्की हुन् भने उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

गीतका निर्माता तथा गायक अधिकारी संयुक्त राज्य अमेरिका बस्दै आएका छन् । संगीतकार पोखरेलले विदेशमा व्यापार व्यवसाय भए पनि नेपालमा नै गीत संगीतका केही गर्छु भनेर कोही आउँछ भने त्यो राम्रो कुरा भएको बताए । 

रोशनको प्रतिभाको प्रशंसा गर्दै पोखरेलले आफ्नो गीत ’धर्ती आकाश’को अर्को भागमा उनैलाई गाउन दिने बताए । पोखरेलले भने, ‘उहाँजत्तिको प्रतिभामाथि लगानी गर्न म डराउँदिनँ ।’





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार २१:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया