घरमा फलो गर्नु पर्ने वास्तु टिप्स

काठमाडौं– यदि कुनै पनि घरमा नकारात्मक ऊर्जा छ भने त्यसको असर हामीमा पनि देख्न सकिन्छ । खासमा यसबाट आत्तिनु पर्दैन, यसलाई पहिचान गर्न सकेमा सबै कुरा सामान्य हुँदै जान्छ । जे होस्, घरमा बेचैनीको स्थिति छ र परिवारका सदस्यबीच झगडाको माहोला बन्दै गएको छ भने नकारात्मक ऊर्जालाई हटाउनु चाहिँ पर्छ । 

र, त्यसका लागि वास्तुमा केही परिवर्तन गर्न जरुरी छ । 

खासमा घरमा सबैजना एकजुट भएको र घरको माहोल खुसीले भरिएको कसलाई मन नपर्ला र ? तर, कहिलेकांही परिस्थिति यस्तो बन्छ कि सानोसानो कुरामा पनि झगडा परिरहेको हुनसक्छ । तर, यस्तो सानो कुराले जब ठूलो रुप लिन्छ, त्यसले समस्यामा पारिहाल्छ । 

यसबाट बच्न घरमा आफूभन्दा ठूला व्यक्तिहरुको सहयोग र सेवा गर्नुपर्छ । अझ वृद्धवृद्धा घरमा छन् भने उनीहरुलाई विशेष ख्याल गर्नुपर्छ । यसले सकारात्मक ऊर्जा बढ्ने विश्वास लिइन्छ । घरमा भगवान विष्णु, भगवान श्रीकृष्णको चित्र राख्दा पनि धेरै राम्रो हुन्छ । घरको बैठकमा शंख वा सीपबाट बनेको पर्दा लगाउँदा घरमा भइरहेका सानातिना झगडाहरु अन्त्य हुन थाल्छन् । 

घरका सबै कोठामा फिटकरीका ससाना टुक्रा राख्दा पनि विभिन्न समस्याहरुबाट हल पाइन्छ । यसले सकारात्मक ऊर्जा संचार हुन्छ । घरमा रोटी पकाउनेहरुले पहिलो रोटी गाइका लागि र अन्तिम रोटी कुकुरका लागि बनाउँदा पनि निकै धेरै फाइदा पुग्ने विश्वास गरिएको हुन्छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार २२:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया