चिडियाघरको यो गोरिल्लाले के भनिरहेको छ, भिडियो हेर्नुस्, अनुमान गर्नुस्

एजेन्सी– पछिल्लो समय इन्टरनेटमा विशेषगरि ट्विटरमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियो एउटा गोरिल्लाको हो । भिडियोमा गोरिल्लाले आफूलाई हेर्न आएका मानिसहरुलाई हातको संकेतले केही भनिरहेको छ । तर, के भनिरहेको छ ?

यो भिडियो अहिले ट्विटरमा एक लाखभन्दा बढीले हेरिसकेका छन् । र, उनीहरुले अनौठा प्रतिक्रिया पनि दिइरहेका छन् । 

विज्ञहरुले चाहिँ यो भिडियोमा गोरिल्लाले केही विशेष बताउन खोजेको प्रष्ट हुने बताएका छन् । उसले आफूलाई खान नदिन अनुरोध गरिरहेको हुनसक्ने अनुमान धेरैले गरेका छन् ।

बेलायती मिडिया डेलीमेलका अनुसार यो भिडियो सन् २०१३ मा नै खिचिएको थियो ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार २२:०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया