मलेसियाका राजा जसले मोडलका लागि गद्दी छोडे, एक वर्षपछि भयो डिभोर्स

एजेन्सी– मानिस जीवनमा प्रेमका लागि वा सौन्दर्यका लागि के गर्दैन ? ५१ वर्षका मलेसियाका पूर्वराजा सुल्तान मोहम्मद वीले २३ वर्ष कान्छी रुसी मोडलसँग विवाह गर्नका लागि राजगद्दी नै छोडेका थिए । 

तर, त्यो विवाह गरेको एक वर्षपछि नै उनको डिभोर्स भएको छ । स्थानीय मिडियाहरुका अनुसार गत वर्षमात्र सुल्तान मोहम्मदले मस्कोमा ओक्साना विवोदिनासँग विवाह गरेका थिए ।

विवाहपछि ओक्सानाले पनि इस्लाम धर्म लिएकी थिइन् । आफ्नो नाम रिहाना ओक्साना पेट्रा रोखकी थिइन् । उनले गत मेमा एक छोरा पनि जन्माइन् । छोराको नाम इस्माइल लायन रार्खिको छ । बच्चा जन्मिएको केही सातामा नै उनलाई सम्बन्धविच्छेदको चिठी सुल्तान मोहम्मदले पठाएका थिए । अब त यी दुई अलग भइसकेका छन् ।

सुल्तान मोहम्मद बीले गद्दी छोडेपछि मलेसियामा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहलाई नयाँ राजा बनाइएको छ । अब्दुल्ला सुल्तान मलेसियाका १६ औं राजा हुन् ।  





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ६:१८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया