सूँड काटिएपछि लोपोन्मुख हात्तीको मृत्यु

इन्डोनेसियामा शिकारीहरुको जालमा फँसेर एउटा हात्तीको बच्चाको मृत्यु भएको छ । इन्डोनेसियाली तस्करहरुले यो हात्तीको बच्चाको सूँड काटिदिएका थिए । त्यसपछि भएको संक्रमणका कारण यो हात्तीको मृत्यु भएको हो । 

यो सुमात्रा हात्तीको एक वर्षको बच्चा हो । शिकारीहरुको बिच्छ्याएको जालमा परेको यो हात्तीको सूँड काटिएको थियो । जालमा नै परेपछि यो हात्ती आफ्नो समूहबाट अलग्गिएको थियो ।

सूँड काटिएपछि यो हात्तीको बच्चालाई त्यहाँका गाउँका मानिसहरुले उद्धार गरेर संरक्षण गर्ने संस्थालाई दिएका थिए । 

तर, आधा सूँड काटिएको हात्तीको संक्रमणका कारण निधन भएको छ ।

सुमात्रा हात्ती लोपोन्मुख हात्तीको प्रजातिमा पर्छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ५:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया