सैफ अलि खानले भने– ममाथि धोका भएको थियो, ७० प्रतिशत कमाइ लुटियो

बलिउड अभिनेता सैफ अलि खान प्रष्ट वक्ताका रुपमा पनि चिनिन्छन् । आजभोलि उनी आगामि फिल्म बन्टी और बबली २ को प्रमोसनमा निकै व्यस्त छन् । 

यही फिल्मको प्रमोसनका लागि उनी विभिन्न कार्यक्रमहरुमा पुगिरहेका छन् ।

यही फिल्मको प्रमोसनका लागि एउटा कार्यक्रममा रानी मुखर्जीसँगै पुगेका सैफले आफूले कमाएको ७० प्रतिशत कमाई लुटिएको वा ठगिएको खुलासा गरेका छन् । 

उनले केही समयअघि एउटा घरजग्गामा लगानी गरेको र त्यो आफूलाई तीन वर्षमा मिल्ने भनिएको तर आजसम्म आफूले नपाएको बताएका हुन् । त्यो लगानीका लागि आफूले कमाएको ७० प्रतिशत आम्दानी नै खर्च गरिएको पनि उनले बताएका छन् ।

उनको र रानीको फिल्म बन्टी और बबली यस्तै विषयमा आधारित फिल्म हो ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ६:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया