पाकिस्तानले एक कट्टर मुस्लिम नेतालाई रिहा गरेको छ । सरकारले सुन्नी लडाकु समूह तेहरिक ए लबाइक पाकिस्तान (टिएलपी) का प्रमुख साद हुसेन रिज्भीलाई रिहा गरेको हो ।
सरकार र टिएलपीबीचको वार्तापछि रिज्भी रिहा भएका हुन् ।
एक साताअघि मात्र सरकारले रिज्भीको नाम आतंकारीको सूचीबाट हटाएको थियो । टिएलपीले विगत एक महिनादेखि सरकारविरोधी हिंसात्मक आन्दोलन गरेको थियो । आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १२ जनाको मृत्यु भएको थियो । रिज्भी रिहा भएको उनका वकिलले पुष्टि गरेका छन् ।
दुई साताअघि इमरान खान नेतृत्वको सरकारले टिएलपीका २ हजार कार्यकर्तालाई रिहा गरेको थियो ।
फ्रान्सेली म्यागेजिन चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको कार्टून छापेपछि इस्लामबादस्थित फ्रान्सेली दूतलाई देश निकाला गर्न माग गर्दै सुरु भएको टिएलपीको आन्दोलनले हिंसात्मक रूप लिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।