पुरुष भलिबल टोलीको छनोट आज

बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि आजबाट राष्ट्रिय पुरुष टोलीको छनोट हुने भएको छ ।

शुक्रबार घोषणा हुने पुरुष प्रारम्भिक टोलीमा १० देखि १२ जना नयाँ खेलाडीले मौका पाउनेछन् । २० सदस्यीय प्रारम्भिक टोलीमा बाँकी खेलाडी भने पूरा नै हुनेछन् । 

राष्ट्रिय पुरुष टोलीका डच प्रशिक्षक हान एबिङ बिहीबार नै नेपाल आइपुगेका छन् । प्रतियोगिता २१ डिसेम्बरदेखि सुरु हुनेछ ।  

सो प्रतियोगिताका लागि २० सदस्यीय महिला टोलीले प्रशिक्षक  जगदीश भट्टको नेतृत्वमा सोमबार देखि नै बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ७:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया