सरकारी छाप कीर्ते मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

सरकारी छाप कीर्ते मुद्दाका फरार एक जना अभियुक्तलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली छन्। 

सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले २०६० माघ २१ गते एक वर्ष कैद र ५० रूपैयाँ जरिवानाको सजाय तोकेको थियो । 

सोही समयदेखि फरार पराजुलीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउपछि जिल्ला अदालतमा पेश गरेको छ। 

पिसीआर परीक्षणपछि कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ।
 





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ८:५७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया