वैज्ञानिकहरूले कोरोना भाइरस फैलिनबाट रोक्नका लागि मास्क लगाउनु सबैभन्दा प्रभावकारी उपाय रहेको बताएका छन् ।
७० भन्दा धेरै अध्ययनको समीक्षा गरेपछि वैज्ञानिकहरूले यस्तो पत्ता लगाएका हुन्।
सुरुमा वैज्ञानिकहरूले कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दुरी र पटक-पटक हात धुनु जरुरी रहेको बताएका थिए । यद्यपि भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय मास्क हो ।
मास्क लगाएपछि संक्रमणको सम्भावना ५३ प्रतिशतसम्म कम हुनसक्ने वैज्ञानिकहरूले दाबी गरेका छन् ।
यो अध्ययन ब्रिटिस मेडिकल जर्नलमा छापिएको छ । जर्नलले सरकारलाई खोप अभियानका साथसाथै भाइरसबाट बच्ने तरिकालाई पनि अपनाउन जारी राख्नुपर्ने सल्लाह दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।