टिम पेनले दिए कप्तानबाट राजीनामा

अष्ट्रेलियन टेस्ट क्रिकेट टिमका कप्तान टिम पेनले राजीनामा दिएका छन् ।

होबर्टमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पेनले टेस्ट टिमको कप्तानी छाडेको घोषणा गरेका हुन् ।

‘आज म अस्ट्रेलियाको पुरुष टेस्ट टिमको कप्तानी छाडेको घोषणा गर्दछु । यो कठिन निर्णय हो । तर, मेरो परिवार र क्रिकेटको लागि सही हो,’पेनले भने ।

पेन पछिल्लो समय विवादित बनेका छन् । महिला सहकर्मीलाई आपत्तिजनक सन्देश पठाएको विषयमा क्रिकेट अस्ट्रेलियाले उनीमाथि छानबिन गरिरहेको छ ।

पेन सन् २०१८ मा अस्ट्रेलियन टेस्ट टिमको कप्तान चुनिएका थिए । 





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १०:४९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया