सकियाे ‘प्रेमगंज’काे छायांकन

नेपाली कथानक चलचित्र ‘प्रेमगंज’काे छायांकन सकिएकाे छ । गत वर्ष वैशाखदेखि सुरु भएसँगै चलचित्रकाे छायांकन यही मंसिर एक गते सकिएकाे हाे ।

पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोस्राे लकडाउन सुरु भएपछि भने केही समय सुटिङ स्थगित हुन पुगेकाे थियाे ।

छायांकनमा मात्रै दुई करोड लगानी भएको चलचित्र प्रेमगंजकाे निर्देशन परिच्छेद सेनले गरेका हुन् ।

चलचित्र काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा छायांकन गरिएकाे छ ।

बेनिसा हमाल ,तेज गिरि र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्रमार्फत् राइडर प्रसान्त , सुप्रिया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन् । 

चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुतकर्ता राजु फुयाल हुन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ११:०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया