नेपाली महिला फुटबल टाेलीले आगामी डिसेम्बर ९ देखि २१ सम्म भारतमा हुने फोर नेसन्स कपमा सहभागिता जनाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार नेपालले प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको जानकारी गराएको हो ।
एसियन कप खेल्न लागेको भारतले त्यसको तयारीस्वरूप फोर नेसन्स कपको आयोजना गरेको हो।
प्रतियोगितामा सहभागी हुने अन्य दुई टोलीको भने टुंगाे लाग्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।