एबी डिभिलियर्सले लिए सम्पूर्ण क्रिकेटबाट सन्न्यास

दक्षिण अफ्रिकाका लोकप्रिय क्रिकेट खेलाडी एबी डिभिलियर्सले सम्पूर्ण क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् सम्पूर्ण क्रिकेट प्रारूपबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

 ‘मैले जति पनि क्रिकेट खेले एकदमै आनन्दपूर्वक खेले । जति पनि ठूला क्रिकेटरहरूसँग खेले मेरो लागि अत्याधिक खुसीको पल थियो । क्रिकेटले मलाई असाधारण रूपमा खुसी दियो । क्रिकेटमा मैले पाएको अवसर र अनुभव मेरा लागि अति नै प्रिय छन् । र, म सधैं यसका लागि आभारी छु,’ डिभिलियर्सले फेसबुकमा लेखेका छन् ।

साथै, उनले आफूले खेलेका सबै टोलीका सदस्य, प्रशिक्षक, फिजियो, स्टाफ र यात्रामा जोडिएका सम्पूर्णलाई धेरै धन्यवाद दिएका छन् । ‘यो साथ र सहयोगका लागि म धेरै नै आभारी छु । दक्षिण अफ्रिका तथा भारतका समर्थकले उनले आत्मसाथ गर्दै धन्यवाद व्यक्त गरेका छन्,’ डिभिलियर्सले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘मेरो परिवारले मेरा लागि गरेको त्याग र समर्पण मेरो सफलताको कारण हो । मेरा बुबाआमा, दाजुभाइ, श्रीमती र मेरा बच्चाहरूलाई पनि धन्यवाद । अब आउने दिनहरूमा मेरो जिन्दगीको अर्को मोड उनीहरूसँगै सुरु गर्नेछु ।’  

३७ वर्षीय डिभिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट यसअघि नै सन्न्यास लिइसकेका छन् । उनले दक्षिण अफ्रिकाका लागि २२८ एकदिवसीय, ११४ टेष्ट र ७८ टी–२० म्याच खेले । 

डिभिलियर्सले आफ्नो क्रिकेट करियरमा आईपीएल, बीबीएल, सीपीएल, पीएसएल, बीपीएलसहित चर्चित विदेशी लिग पनि खेले । पछिल्लो समय उनी रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बाट आइपिएल खेलिरहेका थिए । 



लामो समय बैंग्लोरमा बिताएका भिडिलियर्सले आइपिएलमा १८४ म्याचमा ४० अर्धशतक र चार शतकसहित ५ हजार १६२ रन बनाए । उनले बैंग्लोरबाहेक दिल्ली डेयरडेभिल्सबाट पनि आइपिएल खेले ।



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १३:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया