कानुन व्यवसायीमाथि भएको दमनप्रति सर्वोच्च प्रशासनद्वारा दुःख व्यक्त

सर्वोच्च अदालतले अदालत परिसरमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना कानुन व्यवसायीहरू घाइते हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रहरीले बल प्रयोग गर्दा बिहीबार श्रेष्ठसहितका कानुन व्यवसायीहरू घाइते भएका थिए ।

सर्वोच्च प्रशासनबाट आज जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ । उक्त घटनामा केही विद्धान कानुन व्यवसायीहरू घाइते हुनु भएको जानकारी प्राप्त भएको हुँदा उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

सुसज्जित हतियारसहित आएका प्रहरीले कानुन व्यवसायीहरूको आन्दोलनमा बल प्रयोग गरेको एक दिनपछि मात्रै सर्वोच्चले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको हो ।

सर्वोच्च प्रशासनले त्यस प्रकारको अवस्था आउन नदिन सदैव गम्भीर र संवेदनशील रहेको पनि जनाएको छ ।

आन्दोलनरत कानुन व्यवसायीहरूलाई संयमता, सहयोग र समन्वय गर्न पनि आग्रह गरिएको छ ।



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै १४ कात्तिकदेखि बार आन्दोलनमा छ । धर्ना दिने, प्रधानन्यायाधीशविरुद्ध नाराबाजीसहित राजीनामा दिन कानुन व्यवसायीहरूको माग छ ।



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १५:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया