देशभर थपिए २९६ कोरोना संक्रमित, पाँच जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७७७ नमुनाको पिसिआर र १ हजार १९५ जनाको एन्टिजेन गरी कुल ८ हजार ९७२ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.७  प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ । 

पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १६:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया