कांग्रेस अधिवेशन : प्रदेश प्रतिनिधिलाई भोट माग्दै राना थारू समुदायका युवती

कञ्चनपुरमा कांग्रेस  महाधिवेशनमा प्रदेशसभा र प्रदेश प्रतिनिधि पदका उम्मेदवारहरू भोट मागिरहेका थिए । भोट माग्ने उम्मेदवारहरूको आ–आफ्नै रणनीति अपनाएका थिए ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को सिसैयास्थित कोल्डस्टोर केन्द्रमा परम्परागत पहिरनमा सजिएका राना थारू समुदायका युवती उम्मेदवारका प्लेकार्ड घाटीमा भिरेर भोट मागिरहेका दृष्यले सबैको ध्यानकर्षण भएको थियो ।

‘हाम्रो आफ्नै समुदायको व्यक्ति चुनावमा उठ्नुभएको छ । त्यसैले भोट माग्न समूहमा आएकी छौँ’ एक युवतीले भनिन् । राना थारू समुदाय कैलाली र कञ्चनपुरमा बसोबास गर्छन् । विशेष पर्व तथा अवसरमा उनीहरू आफ्नै परम्परागत पहिरनमा सजिन रुचाउँछन् । यसले लोप हुँदै गएको पहिरन र गरगहनाहरूको जगेर्ना र प्रचार हुने उनीहरूको विश्वास छ । 

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार कञ्चनपुरका ६ वटै प्रदेशसभामा निर्वाचन प्रक्रिया अगाडि बढेको छ । सबै प्रदेशसभामा प्यानल नै खडा गरी कांग्रेस नेता–कार्यकर्ता चुनावमा सहभागी भएका हुन् । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा एउटै व्यक्तिले ३/४ जनाका चुनावी पोष्टर बोकेर प्रचार गरिरहेको दृष्यसमेत देखिएको थियो ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १६:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया