धनुषामा नेपाली कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित गरिएको छ ।
पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको हो ।
मंसिर १ गतेको सूचनाअनुसार पालिकास्तरीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएकोमा प्राविधिक कारणले अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।