ए डिभिजन लिग : उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्सको बराबरी

सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब बीच भएको खेल गोल रहित बराबरीमा सकिएको छ ।

खेलमा फ्रेन्ड्स क्लबका पाँच खेलाडीले पहेँलो कार्ड र एक खेलाडीले रातो कार्ड पाएका छन् । फ्रेन्ड्स क्लबका रोनेल एन्टोनी पलले खेलको ७६ मिनेटमा रातो कार्ड खाएका हुन् ।

पहिलो पटक ए डिभिजन लिग खेलेको सातदोबाटो क्लबले खेलमा धेरै  मुभ बनायो, तर गोल भने हन सकेन । ६ वटा सट हानेकोमा एउटा मात्र  टार्गेटमा थियो तर गोल भने हुन सकेन । फ्रेन्ड्स क्लबले भने १५ सटमा ७ वटा टार्गेटमा थियो तर उक्त टोलीले पनि अंक भने जोड्न भने सकेन ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १८:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया