मधुमेह के हो ? यसबाट कसरी बच्ने ?

शरीरमा सुगरको मात्रा अधिक हुनु नै मधुमेह हुनु हो । हाम्रो शरीरका लागि सुगर अपरिहार्य वस्तु हो । यसको मात्रा बढी भए पनि हामीलाई समस्या हुन्छ तथा कम भए पनि समस्या निम्तिने गर्दछ ।

आज विश्व मधुमेह दिवस । हरेक १४ नोभेम्बरमा विश्वमा मधुमेह दिवस मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष ‘परिवार र मधुमेह’ भन्ने नारासहित मधुमेह दिवस मनाइँदै छ ।

संसारको तथ्यांक हेर्दा खुट्टामा घाउ वा चोटपटक भएर खुट्टा काटिने भन्दा डाइबिटिज भएर विभिन्न अंग काटिने गरेको छ । विश्वमा हरेक ३० सेकेन्डमा डाइबिटिजका कारण एकजनाको आंैला वा खुट्टा काटिने गरेको तथ्यांक छ । 

सुगरको मात्रा नियन्त्रित रुपमा राख्न सकियो भने मात्र यी समस्याबाट बच्न सकिन्छ । डाइबिटिज वंशाणुगत गुण पनि हुने गर्दछ । त्यसैगरी, मोटोपनले पनि डाइबिटिज निम्त्याउने गर्छ । प्रिडाइबिटिजदेखि उच्च डाइबिटिज भएका मान्छेहरूमा मस्तिष्कघात गराउने, हृदयाघात गराउने, मिर्गाैलामा समस्या, कलेजोमा समस्या देखिने गर्छ । 

डाइबिटिजका प्रकार

प्रकार १ः शरीरको प्रतिरोधी प्रणलीमै आक्रमण हुन्छ र शरीरलाई चाहिने इन्सुलिन उत्पादन गर्ने कोषको क्षति हुन्छ । 



प्रकार २ः इन्सुलिन एक प्रकारको साँचो हो । मानिसहरूले खाएको खानेकुराको मात्रालाई यसले साँचोजसरी नै ढोका खोलिदिने गर्छ । जुन अवस्थामा इन्सुलिन कोषिकामा पुर्याउन सक्दैन भने ती कोषिकाबाट छरिएर हरेक अंगमा गई टाँसिएर क्षति पुर्याउने काम गर्छ । 

प्रकार ३ः जुन मानिसलाई वंशाणुगत रुपमै डाइबिटिज छ, त्यस्ता मान्छेलाई धेरै समस्या हुन्छ । जो महिलालाई गर्भास्थामा सुगर देखिएको छ त्यस्ता महिलालाई ५० प्रतिशत सुगर देखिने गर्दछ । 



प्रकार ४ः क्यान्सर औषधि, बाथ रोगको औषधि, छारेरोगको औषधि, डिप्रेसनको औषधि प्रयोग गर्दा साइट इफेक्टका क्रममा सुगर बढ्न सक्छ । सुगर नियन्त्रणमा ल्याउँदा पहिला सुगरको रोगबाट ग्रसित भएका मानिसलाई पुनः डाइबिटिज देखिने सम्भावना बढी हुन्छ । विश्वमा आज ४२ करोड मानिसमा डाइबिटिज भएको तथ्यांक छ । त्यसैगरी, नेपालमा भन्ने राम्रो अध्ययन–अनुसन्धान हुन नसक्दा यति नै डाइबिटिजका बिरामी छन् भनेर उल्लेख गर्ने सकिँदैन । 

सामान्य रुपमा हेर्दा परिवारको कुनै एकजनामा मधुमेह छ भने उसको परिवारको अरू सदस्यलाई ४० प्रतिशतसम्म मधुमेह लाग्ने सम्भावना रहन्छ । डाइबिटिज रोगले विभिन्न समस्या उत्पन्न गर्ने गर्दछ । जस्तो– आँखा बिग्रिने, मिर्गाैला, कलेजोमा समस्या, शरीरका विभिन्न अंग काट्नुपर्ने हुन्छ । 

के खाने, के नखाने ? 

मोटोपन गराउने खाद्यवस्तु, चामल, गहुँ, जौ, गहुँ, मकै, फापर, चिनीबाट बनेको वस्तुको परिकारमा नियन्त्रण गनुपर्दछ । मोटोपन हुनुको कारण नै गुलियो वस्तु बढी सेवन हो । 

डाइबिटिज भएको मानिसले माछामासु कम सेवन गर्ने, त्यसैगरी गेडागुडी, फलफूल, हरियो सागपात, आदि बढी सेवन गर्दा केही हदसम्म रोग नियन्त्रण हुने गर्दछ । त्यसैगरी, शरीरिक व्यायाम, प्रत्येक दिन एक कलोमिटर हिँड्ने, गनुपर्दछ । यसका साथै नियमित रगत जाँच गरेर ग्लुकोजको मात्रा कति छ हेर्ने गनुपर्दछ । यस्तै, तौल, नियन्त्रण गर्दा डाइबिटिज कम हुने गर्छ । 

कस्तो अवस्थामा डाक्टरलाई देखाउने ? 

नियमित रुपमा विश्व स्वास्थ्य संगठनले ४५ वर्ष भएपछि मात्र सुगर जाँच गर्नुपर्दछ भनेको छ । तर, अहिले अध्ययन गरेको तथ्यांकअनुसार भारत, पास्कितान, चीन, नेपालजस्ता मुलुकमा डाइबिटिजको रोग २५ वर्षदेखि नै देखिँदै गएको छ । यसको प्रमुख कारण जीवनशैली परिवर्तन हो । 

डाइबिटिज हुँदा देखिने लक्षण

-धेरै तिर्खा लाग्ने,
-बढी थकानको महसुस हुने, 
-तौल घट्ने,
-काटेको ठाउँको घाउ निको हुन समय लाग्ने,
-यौनांग वरिपरि चिलाउने,
-आँखा धमिलो हुने ।

(डा. बराल शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत छन् ।)


 

  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार १४:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया