कांग्रेसको ५९ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन जारी छ । धनुषा, सिन्धुपाल्चोक, रसुवा र सर्लाहीबाहेकका जिल्लामा अधिवेशन भइरहेको हो ।

विवादका बीच सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि अधिवेशन भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार ५ गतेसम्ममा परिणाम आइसक्नुपर्ने छ । किनभने ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुने समितिको कार्यतालिका छ ।

अधिवेशनबाट सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र कार्यसमितिमा आएका १६ देखि एक जना कोषाध्यक्ष मनोनीत हुने छन् ।

सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना मनोनीत गर्नेछन् । समितिमा कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना समानुपातिक आधारमा निर्वाचित हुनेछन् ।

प्रदेशसभा अधिवेशनमा मतदाता भने वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि हुन् । वडा सभापति र गाउँ/नगर/उपमहानगर र महानरपालिकाको कार्यसमितिका सभापति, निर्वाचित अपाङ्गता भएका व्यक्ति, केन्द्रीय कार्यसमितिका वर्तमान तथा पूर्वपदाधिकारी, सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, संघीय संसद सदस्य, उम्मेदवार, प्रदेश सभा सदस्य र उम्मेदवार पनि मतदाता हुन् ।

अधिकांश जिल्लामा सभापति शेरबहादुर देउवा पक्षसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष, डा. शेखर कोइराला पक्ष, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ ।



केही जिल्लामा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता गगनकुमार थापा पक्षबीच पनि प्रतिस्पर्धा हुने भएको छ ।

यसरी केन्द्रीय नेताको गुट जिल्लाको पालिका तहसम्मै पुगेको देखिएको छ ।



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १९:१३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया